विश्वमा आज : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिदेखि जर्मनीद्वारा १७ हजार यहुदी देश निकालासम्म « Khabarhub

विश्वमा आज : अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपतिदेखि जर्मनीद्वारा १७ हजार यहुदी देश निकालासम्म


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज अक्टोबर २८। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही महत्त्वपूर्ण घटना :

अर्जेन्टिनामा पहिलो महिला राष्ट्रपति
सन् २००७ अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो। आजकै दिन क्रिष्टिना फर्नान्डेज डि क्रिचर राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी सन् २०११ मा पनि पुनः राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्।

दुई मेट्रो स्टेशनमा आगलागी
सन् १९९५ मा अजरबैजानको राजधानी बाकुस्थित एउटा रेलमार्गमा भीषण आगलागी भएको थियो। सो आगलागी भूमिगत रेलमार्गको इतिहासमै सबैभन्दा डरलाग्दो मानिन्छ। पुरानो वायरिङ प्रणालीका कारण भएको आगलागीका कारण रेलमा यात्रा गरिरहेका ३०० जनाको मृत्यु भएको थियो।

जर्मनीद्वारा १७ हजार यहुदी देश निकाला
जर्मनीले सन् १९३८ मा पोल्यान्डका १७ हजार  यहुदीलाई देश निकाला गरेर पोल्यान्ड पठाइदिएको थियो।

हंगेरीको स्वतन्त्रता
सन् १९१८ मा चेकोस्लाभियाले हंगेरीबाट स्वतन्त्र पाएको थियो। मध्ययुरोपेली देश चेकोस्लाभिया सन् १७०० देखि हंगेरीको अधिनमा थियो। पहिलो विश्व युद्धको अन्त्यमा थोमस मर्सायकको नेतृत्वमा हंगेरीमा स्वतन्त्रताको आन्दोलन सुरु भएको थियो। उनी सन् १९१८ को नोभेम्बरमा स्वतन्त्रत हंगेरीको राष्ट्रपति बनेका थिए।

अमेरिकामा मदिरामा प्रतिबन्ध
सन् १९१९ मा अमेरिकी संसद कंग्रेसले मदिराको उत्पादन, बिक्री तथा ओसार पसारमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो। भोस्टिड एक्ट नामक सो कानुन अनुसार औषधी र धार्मिक प्रयोजनका लागि बाहेक अमेरिकामा मदिराको उत्पादन, बिक्री र ओसार पसारलाई गैर कानुनी घोषित गरिएको थियो।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै