विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने  « Khabarhub

विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने 



दोहा – आगामी २० नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि कतार आउनेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ।

१ नोभेम्बरदेखि कतार प्रवेश गर्ने कसैले पनि पीसीआर र एन्टिजेन परीक्षण गर्न नपर्ने यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कतारी नागरिक र यहाँ भएका विदेशीले पनि अब अर्को देशबाट फर्केको २४ घण्टाभित्र पीसीआर वा एन्टिजेन जाँच गराउनु नपर्ने भएको छ।

१८ डिसेम्बरसम्म चल्ने विश्वकपका ६४ खेल खेलका लागि कतारले आठ अत्याधुनिक रंगाशाला बनाइसकेको छ। ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा विश्वकपको भव्य उद्घाटन हुनेछ।

पहिलो खेल २० नोभेम्बरमा कतार र इक्वेडरबीच हुनेछ भने १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल तथा अन्तिम खेल हुनेछ।

कतारले विश्वकपका लागि रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट जस्ता धेरै पूर्वाधारहरू निर्माण वा स्तरोन्नति गरिसकेको जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ५१ बजे

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण

निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ