मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता बलबहादुर केसी  « Khabarhub

मेरो विजयी निर्विरोधजस्तै छ : कांग्रेस नेता बलबहादुर केसी 


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता बलबहादुर केसी आफू निर्वाचित हुने दाबी गर्छन्। पूर्वमन्त्रीसमेत रहेका उनले आफूले स्थानीयदेखि संघीय सरकारसँग पहुँच राख्न सक्ने र यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने दाबी गर्छन्।

सोलुमा आफूलाई ‘विकास बहादुर’ले चिनिने बताएका उनले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने बताए। यसबारे सोलुवासी जानकार रहेका उनको भनाइ छ।

सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। तर, केसी आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्छन्। एमालेबाट राई उम्मेदवार भए पनि आफू निर्विरोधजस्तै रहेको केसीले बताए।

हालसम्म सोलुखुम्बुमा एमालेले नजितेको इतिहास रहेको बताउँदै उनले यसपटक पनि गठबन्धनकै उम्मेदवार आफू निर्वाचित हुने दाबी गर्छन्। २०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ।

उनी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए। सोलुखुम्बुबाट विजयी भएर ह्याट्रिक गरेका उनी यसपटक पनि निर्वाचित हुने दाबी गर्छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : ५७ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान