महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने « Khabarhub

महोत्तरीमा राजनीतिक दलहरूले सद्‌भाव र्‍याली निकाल्ने


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको भंगाहा नगरपालिकामा सबै राजनीतिक दलहरूले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने भएका छन् । बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुले सामाजिक सद्‌भाव र्‍याली निकाल्ने तयारी गरेका हुन् ।

शुक्रबार बसेको सर्वदलीय बैठकले शुक्रबारनै नगरपालिका क्षेत्रमा सामाजिक सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको भंगाहामा झण्डाको विषयलाई लिएर बिहीबार दुई पक्षबीच झडप भएपछि  जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशसमेत जारी गरेको छ ।

नगरपालिकाको पहरिया चोकमा मुस्लिमहरूले राखेको झण्डा भएको ठाउँमा हिन्दुहरूले पनि राख्ने तयारी गरेपछि दुई समूहबीचको झडपले उग्ररूप लिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने त्यतिकै सङ्ख्यामा हवाइ फायर गरेको थियो । झडपमा दर्जनौँ सङ्ख्यामा स्थानीय र प्रहरी घाइते समेत भए ।

थप हिंसा भड्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालको लागि कर्फ्युलाई जारी राखेको छ । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आपसी मनमुटावमा समझदारी भएको छ, सहायक प्रमुख जिल्ला अधिकारी  न्यौपानेले भने, दलहरूले धार्मिक हिंसा नभड्कियोस भनेर संयमता अपनाएका छन् । हामीले पनि यसलाई गम्भीररुपमा लिएर सोहीअनुसार काम गरिरहेका छौँ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ३ : ४४ बजे

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय