मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको छ : देउवा « Khabarhub

मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको छ : देउवा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको समृद्धिमा संस्कृतिको ठूलो भूमिका रहेको बताएका छन् । शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीको १३औं पुण्य तिथिमा शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले संस्कृतिको संरक्षण र विकास गर्दै समृद्धिलाई अघि बढाउनुपर्ने बताए ।

उनले मुलुकको संस्कृति जगर्नेमा स्वर्गीय जोशीले गरेको योगदान राष्ट्रको सम्पती भएकाले सरकारले यसको उचित संरक्षण गर्ने धारणा राखे । प्रधानमन्त्री देउवाले भाषा, संस्कृतिको रक्षाका लागि जोशीले खेलेको भूमिकाको चर्चा गर्दै जोशी सच्चा देशभक्त भएको बताए ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जोशीको अन्तिम इच्छा ‘चक्रसंवर’ को पौभाः चित्रलाई पुरा गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए । त्यस्तै उनले सत्यमोहन लोकसंस्कृति संग्रहालयलाई संरक्षण गर्न पनि सरकार तयार रहेको धारणा राखे । नेपाल सम्वतलाई आम व्यवहारमा प्रयोगमा ल्याउनका लागि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा राखिएको जोशीको मालिकमा माल्यार्पण गरिएको थियो भने पाटन दरबार स्क्वायरदेखि जोशीको निवाससम्म पदयात्रा गरिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ५ : ४९ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया