उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट प्रहार भएका दुई क्षेप्यास्त्रको पहिचान गरेको जनाएको छ ।

शुक्रबार मध्यान्ह उत्तर कोरियाको पूर्वी टोङचोन क्षेत्रबाट दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । दक्षिण कोरियाली सेनाका अनुसार यी दुबै क्षेप्यास्त्रले २ हजार ४ सय मिटर उचाईमा उडान भर्दै २३० किलोमिटर दूरी पार गरेका थिए ।

दक्षिण कोरियाली सेनाले विज्ञप्ति जारी गर्दै हतियार परीक्षणलाई ‘गम्भीर उत्तेजना’ को निन्दा गरिएको जनाएको छ ।

अमेरिकी सेनाको हिन्द प्रशान्त कमाण्डले पनि उत्तर कोरियाको यस्तो गतिविधिबाट अस्थीरता उत्पन्न हुने बताएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाबाट क्षेप्यास्त्र परीक्षण भएको पहिचान गरिएको बताउँदै विस्तृत विवरणबाट विश्लेषण भइरहेको उल्लेख गरेको छ ।

चाँडै आणविक परीक्षणको तयारी गरिरहेको आशंकाबीच उत्तर कोरियाले पछिल्लो पटक छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको हो । हालै अमेरिकाले आणविक परीक्षण गरेमा उत्तर कोरियाली सत्ताको अन्त्य हुने चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ६ : ३१ बजे

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना