एअरबससँग मिलेर टाटाले भारतमै सैनिक विमान बनाउने « Khabarhub

एअरबससँग मिलेर टाटाले भारतमै सैनिक विमान बनाउने


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय निजी कम्पनी टाटाले अमेरिकी विमान कम्पनी एअरबससँग मिलेर भारतीय सेनाका लागि सैनिक विमान बनाउने भएको छ । टाटा र एअरबस मिलेर भारतमै भारतीय वायुसेनाका लागि सी–२९५ पारवहन विमान निर्माण गर्न लागेका हुन् ।

२ खर्ब १९ अर्ब भारतीय रुपैयाँको लगानीमा गुजरात राज्यमा विमान निर्माण गर्न लागिएको हो । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

‘निजी कम्पनीले भारतमा सैनिक विमान बनाउने यस्तो परियोजना भारतमै पहिलो हो ।’ भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल भारतमा राज्यसञ्चालित हिन्दूस्तान एरोनोटिक्सले मात्र भारतमा सैनिक विमान बनाउँदै आएको छ ।

भारतले आफ्ना लागि हतियार एवम् रक्षा उपरकणका लागि रुसजस्ता मुलुकमा भर पर्दै आएको छ । यद्यपि मोदीले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय आयात घटाउने एवम् स्वदेशमै उत्पादनलाई बढावा दिने नीति लिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : १६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना