महोत्तरीमा दुर्घटनाबाट एक महिनामा १० जनाले ज्यान गुमाए « Khabarhub

महोत्तरीमा दुर्घटनाबाट एक महिनामा १० जनाले ज्यान गुमाए


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – ट्राफिक प्रहरी महोत्तरीको कारबाही बढे पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन । साउन यता मात्र १६ जनाले ज्यान गुमाएका छन् भने ३ दर्जन भन्दा बढी दुर्घटना भएका छन् ।

विशेषगरी जिल्लाको पूर्व(पश्चिम राजमार्ग, सम्सी सडक खण्ड तथा औरही(जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

ट्राफिक कार्यालय महोत्तरीको तथ्यांकअनुसार असोज महिनामा मात्र १० जनाले ज्यान गुमाए । तीव्र गति, मदिरा सेवन जस्ता दुर्घटनाका मुख्य कारक रहेको ट्राफिक कार्यालयका प्रमुख उदय सिंह सिजापति बताउँछन् ।

साउन महिनामा ३ जना र भाद्र महिनामा पनि तीन जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ ।

ज्यान गुमाउनेहरूमा दुई जना महिला बाहेक अधिकांश पुरुष छन् । असोज महिनामा मात्र दुर्घटनामा परी दुई जना महिलाको ज्यान गयो ।

दुर्घटना कै कारण २२ जना गम्भीर घाइतेसमेत भएका छन् । साउन महिनामा ७ जना, भदौ महिनामा ९ जना र असोज महिनामा ६ जना गम्भीर घाइते भएको कार्यालय प्रमुख सिजापतिको भनाइ छ ।

त्यसैगरी सामान्य घाइते हुनेको संख्यासमेत अधिक छ । विभिन्न सडक खण्डमा भएको दुर्घटनामा ३५१ जना सामान्य घाइते भएका छन् ।

यता प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ । तर, दुर्घटना न्यूनीकरणमा भने खासै प्रभाव परेको देखिएको छैन ।

साउनदेखि यता प्रहरीले २०४१ वटा ट्रक, २५३ वटा बस, १८९७ वटा जिप कार, २४६ वटा मोटरसाइकल, ३२९६ वटा ट्याक्टर र १६६ वटा टेम्पोलाई कारबाही गरेको छ । कारबाही परेका सवारीसाधनबाट झण्डै ५४ लाख राजस्व उठेको कार्यालय प्रमुख सिजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना