चिनियाँ राष्ट्रपति सीले चाँडै साउदी अरबको भ्रमण गर्ने अपेक्षा « Khabarhub

चिनियाँ राष्ट्रपति सीले चाँडै साउदी अरबको भ्रमण गर्ने अपेक्षा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले साउदी अरबको भ्रमण गर्ने साउदी विदेशमन्त्रीले जनाएका छन् । उनले चाँडै साउदी अधिराज्यको भ्रमण गर्ने अपेक्षा गरिएको साउदी विदेशमन्त्रीले बताएका छन् ।

चीनका राष्ट्रपति सीले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो ।

साउदी विदेशमन्त्री समेत रहेका राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक मानिने साउदी अरब र चीनबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा समेत गरेको जनाइएको छ ।

‘हाम्रो आजको बैठक महत्वपूर्ण समयमा भएको छ, यो चिनियाँ राष्ट्रपतिको अपेक्षित भ्रमणअघि भएको हो’ राजकुमार फैसलले अल अरब टिभी च्यानलसँग भने ।

साउदी अरब, चीन र अन्य अरब देशहरुबीच शिखर वार्ताका लागि पनि ‘अन्तिम प्रबन्ध’ भइरहेको समेत उनले बताए । गत हप्ता आफ्नो एक दशकको सत्ता थप ५ वर्ष विस्तार गरेका सीले सेप्टेम्बरमा कजाकिस्तान र उजबेकिस्तानको भ्रमण गरेका थिए । उनले चीनमा कोरोनाभाइरस महामारीको सुरु भएयता पहिलो पटक ती देशहरुको भ्रमण गरेका थिए ।

साउदी अरबमा रहेको चिनियाँ दूतावाससँग सीको अपेक्षित भ्रमणको बारेमा जानकारी लिन खोज्दा यसबारे केही टिप्पणी नगरिएको एएफपीले जनाएको छ । यसैबीच, चीनको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।

तेल निर्यातक देशहरुको समूह ओपेकले अमेरिकी अनुरोधलाई बेवास्ता गर्दै तेल उत्पादनमा कटौती गरेपछि साउदी अरब र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा सीले साउदी अरबको भ्रमण गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ५८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण