चिनियाँ राष्ट्रपति सीले चाँडै साउदी अरबको भ्रमण गर्ने अपेक्षा « Khabarhub

चिनियाँ राष्ट्रपति सीले चाँडै साउदी अरबको भ्रमण गर्ने अपेक्षा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले साउदी अरबको भ्रमण गर्ने साउदी विदेशमन्त्रीले जनाएका छन् । उनले चाँडै साउदी अधिराज्यको भ्रमण गर्ने अपेक्षा गरिएको साउदी विदेशमन्त्रीले बताएका छन् ।

चीनका राष्ट्रपति सीले तेस्रो कार्यकाल सुरु भएको केही दिनपछि साउदी अरबको भ्रमण गर्ने अपेक्षा गरिएको हो ।

साउदी विदेशमन्त्री समेत रहेका राजकुमार फैसल बिन फरहानले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको वार्तापछि प्रमुख तेल निर्यातक मानिने साउदी अरब र चीनबीचको ‘ऐतिहासिक र ठोस सम्बन्ध’ को प्रशंसा समेत गरेको जनाइएको छ ।

‘हाम्रो आजको बैठक महत्वपूर्ण समयमा भएको छ, यो चिनियाँ राष्ट्रपतिको अपेक्षित भ्रमणअघि भएको हो’ राजकुमार फैसलले अल अरब टिभी च्यानलसँग भने ।

साउदी अरब, चीन र अन्य अरब देशहरुबीच शिखर वार्ताका लागि पनि ‘अन्तिम प्रबन्ध’ भइरहेको समेत उनले बताए । गत हप्ता आफ्नो एक दशकको सत्ता थप ५ वर्ष विस्तार गरेका सीले सेप्टेम्बरमा कजाकिस्तान र उजबेकिस्तानको भ्रमण गरेका थिए । उनले चीनमा कोरोनाभाइरस महामारीको सुरु भएयता पहिलो पटक ती देशहरुको भ्रमण गरेका थिए ।

साउदी अरबमा रहेको चिनियाँ दूतावाससँग सीको अपेक्षित भ्रमणको बारेमा जानकारी लिन खोज्दा यसबारे केही टिप्पणी नगरिएको एएफपीले जनाएको छ । यसैबीच, चीनको विदेश मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी नभएको जनाएको छ ।

तेल निर्यातक देशहरुको समूह ओपेकले अमेरिकी अनुरोधलाई बेवास्ता गर्दै तेल उत्पादनमा कटौती गरेपछि साउदी अरब र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा सीले साउदी अरबको भ्रमण गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ५८ बजे

किभको ड्रोन उत्पादन केन्द्र र ओडेसास्थित सैन्य इन्धन भण्डारमा रुसी आक्रमण

मस्को- रुसले युक्रेनको राजधानी किभस्थित सैन्य-औद्योगिक प्रतिष्ठानहरूमा आक्रमण गरी सयौं

उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको

युद्धको तनावबीच नेतान्याहू अमेरिका जाँदै

तेलअभिभ- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सोमबार अमेरिका प्रस्थान गर्ने भएका

स्टेर्ट अफ होर्मुजमा तेल ट्यांकर बारूदी सुरुङमा ठोक्कियो

तेहरान- होर्मुज जलडमरूमध्यमा समुद्री बारुदी सुरुङ (सी माइन्स) मा ठोक्किएपछि

इरानका नयाँ सर्वोच्च नेता सकेसम्म चाँडो परमाणु हतियार बनाउने पक्षमा

काठमाडौं- इरानका सर्वोच्च नेता मोज्ताबा खामेनेई चाँडोभन्दा चाँडो परमाणु हतियार