शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो : प्रधानमन्त्री देउवा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताएका छन् ।

ललितपुरको मङ्गलबजारमा नेपाल भाषा मंका खल यलद्वारा आज आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भने, ‘शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताए । ‘उहाँको बहुगुण सम्पन्न व्यक्तित्व, विज्ञता र देशको साहित्य र संस्कृति उजागर गर्न पु¥याउनुभएको योगदान अतुलनीय र अविस्मरणीय छ ।’ मन्त्री श्रेष्ठले भने, ‘देशको अभिभावक तथा जीवित इतिहास गुमाएको महसुस भएको छ ।’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनुपरेको औँल्याए । ‘उहाँले ज्यादै नै अर्थपूर्ण जीवन बाँच्नुभयो । उहाँ ९८ वर्ष हुँदा हामीले ललितपुर महानगरपालिकाबाट निणर्य गराएर सवारी साधन, सुरक्षा र मोबाइल फोनको सुविधा उपलब्ध गराएका थियौँ । नगरप्रमुख महर्जनले भने, ‘उहाँ जीवतै छँदा सेवा गर्ने अवसर पाएकोमा हर्ष विभोर भएको छु ।’

सत्यमोहन जोशका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरुषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताए ।

नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जनले सत्यमोहन जोशीको राष्ट्रिय व्यक्तित्वलाई अजरअमर बनाइ राख्ने उद्देश्यले सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार स्थापना गरिएको जानकारी गराए । भाषा साहित्यको विकासमा सहयोग पु¥याउनका लागि हाल ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरिएको महर्जनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : ०९ बजे

एसएस राजामौलीको फिल्ममा हलिउड निर्देशक जेम्स क्यामरुन 

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस.

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ