निर्वाचनपछि एमालेको नेतृत्वमा राप्रपा र जसपासहितको सरकार बन्छ : ओली « Khabarhub

निर्वाचनपछि एमालेको नेतृत्वमा राप्रपा र जसपासहितको सरकार बन्छ : ओली


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा आफू नेतृत्वको पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । एमाले र राप्रपाले भद्रपुरमा आज आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त सरकार गठन गर्ने बताए ।

अध्यक्ष ओलीले झापा क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। उनले एमालेको इज्जतका लागि भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई जिताउनुपर्ने भएको हुँदा राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न कार्यकर्तालाई निर्देशन दिए ।
उनले नेकपा (एमाले) एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताउँदै सबै कार्यकर्तालाई निर्धक्क भएर हलोमा भोट हाल्ल आग्रह गरे । यता राप्रपाका अध्यक्ष लिङ्देनले राप्रपालाई निर्वाचनमा जिताउन आग्रह गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ४३ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको