छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट « Khabarhub

छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

धनगढी – सूर्य भगवान्को पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ। पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए।

निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ। मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ। सूर्य भगवान्को प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ। देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिङ्गारपटार गरिएको छ।

मोहना घाटमा सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न झाँकीको प्रस्तुति रहने आयोजक श्री छठ पर्व सेवा समितिले जनाएको छ। भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमहरुको प्रस्तुतिका लागि छिमेकी मुलुक भारतबाट कलाकारसमेत निम्त्याइएको छ। छठ पूजाका लागि रु ११ लाख लाग्ने अनुमान गरिएको छ।

यसपालि कोरोनाको महामारी नभएकाले पर्व मनाउन निकै सहज भएको बर्तालुहरु बताउँछन्। यो वर्ष कोभिड–१९ को सङ्क्रमणको महामारी न्यून भइसकेकाले बर्तालु र दर्शनार्थीहरुको भीडभाड निकै बढ्न सक्ने आयोजकले अनुमान गरेको छ। यस पर्वको प्रारम्भ हिजो बर्तालुहरुले ‘नहाय–खाय’ विधिबाट सुरु गरेका छन्। छठ पर्व कात्तिक १३ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गर्ने गरिन्छ। विगत लामो समयदेखि छठ पूजा सेवा समितिले धनगढीको मोहना घाटमा छठ पूजाको आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ५९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९