टि–२० आईका लागि मलेसियाको विकल्प थिएन– कप्तान खड्का « Khabarhub

टि–२० आईका लागि मलेसियाको विकल्प थिएन– कप्तान खड्का


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरमा हुने टि–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी राम्रो भएको बताएका छन् ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि नेपाली टोली अहिले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा छ । सिंगापुर जानु अगाडि नेपाली टोलीले मलेसियामा एक हप्ताभन्दा लामो समय अभ्यास गर्नेछ । त्यही क्रममा नेपाली टोलीले मेलेसिया राष्ट्रिय टोलीसँग टि–२० अन्तर्राष्ट्रिय खेल्नेछ ।

आईसीसीले मलेसियामा अभ्यास गर्ने नेपाली टोलीलाई अन्तर्राष्ट्रिय खेलको व्यवस्था मिलाइ दिएको हो । आइतबार सिंगापुर जाने १४ सदस्यीय नेपाली टोलीको घोषणा पनि गरिसकेको छ । टोलीमा खेलाडी भने यसअघिकै अनुहार अटाएका छन् । तर, पछिल्लो केही खेलमा नेपाली टोलीबाट बाहिर रहेका शरद भेषावकर टोलीमा फर्किएका छन् ।

आइतबार कप्तान खड्काले पत्रकार सम्मलेनमा बोल्दै टि–२० विश्वकप छनोटका लागि सन्तुतिल टोली बनेको बताएका छन् । ‘तयारी राम्रो छ । पछिल्लो समय सबै खेलाडीहरु घरेलु लिगमा व्यस्त थिए । सबै जना क्रिकेट खेलिरहेकाले पछिल्लो १ वर्षमा राम्रो गर्ने खेलाडीहरु टोलीमा रहेका छन्,’ कप्तान खड्काले भने ।

विश्वकप छनोटमा अन्य टोलीभन्दा वरियतामा माथिल्लो स्तरमा रहेको नेपाली टोलीमाझ जीत निकाल्नु पर्ने दबाब रहेको कप्तान खड्काले बताए ।

‘अरु भन्दा नेपाल माथिल्लो स्तरमा छ । टिमलाई जित दिलाउनु पर्ने भएकाले म माथि पनि दबाब छ,’ उनले भने, ‘ हामीसँग अरु विकल्प नै थिएन । पछिल्लो ४–५ महिनामा हामीले ओडिआई टिमसँग खेल्ने प्रयास गर्‍यौं । कुनै पनि टिम उपलब्ध नभएपछि हाम्रो लागि एकमात्रै विकल्प मलेसिया थियो । यस्तै, सिंगापुर र मलेसिया एउटै मौसम हुने भएकाले हामीले त्यहाँ अभ्यास गर्न लागेका हौं ।’

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : २८ बजे

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार