कुरूप बन्दै बढैयाताल | Khabarhub Khabarhub

कुरूप बन्दै बढैयाताल


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियाको बढैयाताल गाउँपालिका-५ रहेको बढैयाताल संरक्षण र सरसफाइको अभावले जलकुम्भी र लेउका कारण कुरूप बन्दै गएको छ । एक सय ८० बिघामा फैलिएको ताल स्थानीय सरकारले तालको सरसफाइ र संरक्षण गर्न नसक्दा कुरूप बन्दै गएको स्थानीय रामलाल थारूले बताए ।

सदरमुकाम गुलरियाबाट झण्डै १६ किलोमिटरको पूर्व दिशातिर रहेको तालमा ३५ प्रकारका विभिन्न जातका माछा, ८० प्रकारका विभिन्न जातका चराचुरुङ्गी जसमध्ये छ प्रकारका विदेशी चरासमेत पाइने समाजसेवी सोमशरण यादवको भनाइ छ । 

विसं २०२० सम्म तीन सय बिघा क्षेत्रफलमा फैलिएको तालको क्षेत्रफल सरसफाइ र संरक्षणकै अभावका कारण खुम्चिँदै गएको स्थानीय सनै थारुले बताएका छन् ।

स्थानीयवासी सञ्जय चौधरीका अनुसार ताल नजिक बाढी आउने गरेकाले थारू भाषामा ‘वाढ आइना’ भन्ने गरिएको र कालान्तारमा तालको नाम बढैयाताल रहन गएको हो ।

‘तालमा सञ्चालनका लागि चार वटा डुङ्गा राखिएको छ तर पानीमाथि झार भरिएकाले चलाउन सकिएको छैन’, उनले भने, ‘पर्यटकीय सम्भावना बोकेको ठाउँलाई सरसफाइ र संरक्षण नहुँदा लाभ लिन सकिएको छैन ।’

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमाल त्रिपाठीले अब छिट्टै तालको सरसफाइ गर्ने, तालको वरपरको सडक कालोपत्रे गर्ने, तीन फिट अग्लो  पर्खाल निर्माण गर्ने योजना रहेको बताए ।

उनले तालको सरसफाइसँगै चराको वासस्थान, वनभोजस्थल निर्माणदेखि बस्ने कुर्सी र बिजुलीको व्यवस्था गर्ने योजना गाउँपालिकाले बनाएको जानकारी दिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ४२ बजे

विपक्षी दलले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं– रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन

कुन देशमा दिइन्छ बलात्कारीलाई मृत्युदण्ड ?

काठमाडौं- संसारभरि नै कानूनले महिलाहरुको विशेष संरक्षण गरेको छ ।

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी