पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न- प्रधानमन्त्रीको मौनता कहिलेसम्म ? « Khabarhub

पवन महरा मृत्यु प्रकरणमा ओलीको प्रश्न- प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ । 

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।

उक्त घटनाका दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका ओलीले प्रश्न गरेका छन्, ‘तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

यसबारे ओलीले फेसबुकमा लेखेका छन् :

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन् । घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारवाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ४९ बजे

खुला सीमाको फाइदा उठाउँदै डिम्ब तस्करी गराउने गिरोह सक्रिय, किशोरी जोखिममा

काठमाडौं- नेपालको सीमावर्ती क्षेत्रबाट आर्थिक प्रलोभन देखाएर नेपाली किशोरी तथा

नेपाल बाल संगठनमा मन्त्री सीता बादीको छड्के अनुगमन

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ ।

वैदेशिक रोजगारीमा ठगी गर्नेलाई सरकारको कडा चेतावनी : एकैदिन १९ विरुद्ध पक्राउ पुर्जी, २५ नयाँ मुद्दा दर्ता

काठमाडौं– वैदेशिक रोजगारीका नाममा सोझासाझा श्रमिकलाई ठग्ने र कानुन उल्लंघन गर्नेहरू