‘निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुनेमा मतदाताले सोच्नु पर्छ’ « Khabarhub

‘निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुनेमा मतदाताले सोच्नु पर्छ’


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका छन्। ‘निर्वाचनबाट निष्ठा हार्नु हुँदैन। निर्वाचनबाट इमान्दारिता हार्नु हुँदैन,’ नेता पौडेलले भने, ‘त्यो कुरामा मतदाताले गम्भीर ढंगले सोचिदिन पर्छ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ४ को संयुक्त गठबन्धनले शनिबार धुम्बाराहीमा आयोजना गरेको अन्तरक्रियामा उनले निर्वाचनबाट निष्ठा र इमान्दारिता हार्न नहुने विषयलाई मतदाताले गम्भीर ढंगले सोच्नु पर्ने बताएका हुन्। 

काठमाडौं–५ देशकै सबैभन्दा विवेकी मतदाता भएको ठाउँ भएको जिकिर गर्दै नेता पौडेलले विवेकी मतदाताले आफ्नो प्रतिनिधि कस्तालाई बनाउँछन् भनेर यो देशले हेरिरहेको बताए । काठमाडौं–५ बाट हुने आफ्नो जितको श्रेय पार्टी र गठबन्धनमा रहेका अन्य दललाई जाने भन्दै जितेर गएपछि पार्टीलाई अलोकप्रिय हुन बनाउने काम आफूले नगर्ने प्रतिवद्धता समेत दोहोर्‍याए ।

‘मैले जित्यो भने पार्टीका साथीहरू। गठबन्धनका साथीहरूको कारणले जित्ने हो,’ पौडेलले भने, ‘जीतेपछि पार्टीलाई अलोकप्रिय बनाउने काम मैले गर्ने छैन।’  

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ३ : ३९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’

काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी

ठूलीपोखरी–खौला सडक : वैशाख १० देखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत– तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड

ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणतर्फ

बागलुङ– गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९