यसता छन् भुसालका चुनावी बाचा « Khabarhub

यसता छन् भुसालका चुनावी बाचा


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी लिएर अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका पूर्व पत्रकार हरिप्रसाद भुसालले चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । 

लामो समयदेखि अर्घाखाँची जिल्लामा पत्रकारिता गर्नुका साथै सामाजिक काममा क्रियाशील रहेका भुसालले समृद्ध अर्घाखाँची निर्माणका लागि आफूले अगाडि सारेका एजेन्डा केवल चुनावी नारा मात्र नभएर पाँच वर्षभित्र साँच्चै गर्ने कामको दस्तावेज रहेको उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधारदेखि कलसेन्टरसम्मको एजेन्डा बाचापत्रमा समेटेका भुसालले सन्धिखर्क गोरुसिंगे सडकको स्तरवृद्धिलाई पहिलो एजेन्डा बनाएका छन् । ‘जिल्ला जोड्ने मुख्य बाटो नै क्षतविक्षत हुँदा बिरामी हुँदासमेत ढुक्क भएर यात्रा गर्न सक्ने अवस्था छैन,’ भुसालले भने ।

बाटो तत्काल सम्बोधन गर्नुपर्ने विषय भए पनि निःशुल्क अनि सर्वसुलभ गुणस्तरीय शिक्षा र स्वास्थ्य आफ्नो दीर्घकालीन प्रमुख प्राथमिकता रहेको भुसालले बताए । गाउँगाउँका स्कुललाई कम्तिमा सन्धिखर्कमा रहेका बोर्डिङ स्कुलसम्म पुर्‍याउने लक्ष्य लिएका भुसालले जिल्ला अस्पतालको क्षमताबृद्धिलाई समेत प्रमुख एजेन्डा बनाएका छन् ।

‘हामीले विभिन्न खाले ब्यवस्था त ल्यायौं तर जनताको जिवनस्त उठाउने कुनै एजेन्डा हामीले अगाडि बढाएनौँ’ भुसालले भने, ‘हामी निर्वाचित भएपछि त्यस्तो हुँदैन, हामी जनताले अनुभूति गर्नेगरी काम गर्न प्रतिवद्ध छौं ।’

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ५ : १३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन