‘संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन’  « Khabarhub

‘संवैधानिक व्यवस्था बाहिर अभिव्यक्ति दिने छुट छैन’ 


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफू प्रतिनिधिसभा सदस्य भएदेखि नै देश र जनताको पक्षमा भूमिका निर्वाह गर्दै आइरहेको बताएकी छिन्। आज ललितपुरमा आयोजित वाम-लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक पूरा गर्दै आएको बताइन् । 

‘प्रतिनिधिसभा नीति, नियम र कार्यक्रम बनाउने थलो हो, प्रतिनिधिसभामा रहेर मैले आफ्नो राष्ट्रिय भूमिका निर्वाह गरेको छु’, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन्, ‘मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र आर्थिक, सामाजिक विकासका एजेण्डालाई पूरा गर्न सधैँभर लागिपर्छु’, उनले भनिन्। 

आफू कुनै विरासतका आधारमा राजनीतिमा नआएको उल्लेख गर्दै उनले लैङ्गिकरूपमा महिला भए पनि कहिल्यै त्यसरूपमा प्रस्तुत नगरेको बताए । ‘मैले ४४ वर्ष ललितपुरको भू-भागमा बिताएको छु’, उनले भनिन्, ‘राजनीतिक परिवर्तनका साथै राष्ट्र र जनताको निम्ति आफ्नो जीवन यही समर्पित गरेको छु ।’

प्रतिनिधिसभा सदस्यका लागि मतदाता सूचीमा नाम भएका व्यक्तिले जुनसकै क्षेत्रबाट पनि उम्मेदवार दिन सक्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै संवैधानिक दायराभन्दा बाहिर गएर अभिव्यक्ति दिने स्वतन्त्रता कसैलाई पनि नभएको बताइन् । 

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना