मिथिलाञ्चलमा छठको रौनक « Khabarhub

मिथिलाञ्चलमा छठको रौनक


१२ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहासहित तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधि गरिएको छ । सोमबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लामा भव्य रूपमा भइरहेको छ ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो खाने गर्छन् । पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय-खाय’ भनिन्छ । पर्वको दोस्रो दिन आज पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने व्रतालु शिवो देवी यादवले बताइन् ।

त्यस्तै, आइतबार सन्ध्याकालीन र सोमबार  प्रभातकालीन सूर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन बिहानै न्वाई–धुवाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अर्घ्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार,माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवारलगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको व्रतालु बताउँछन् ।


प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ६ : २४ बजे

बुधबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २३ गते बुधबार ।

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने