छठले सांस्कृतिक एकताको भावना बढाएको छ: प्रधानमन्त्री देउवा | Khabarhub Khabarhub

छठले सांस्कृतिक एकताको भावना बढाएको छ: प्रधानमन्त्री देउवा


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तराई/मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमार्फत् प्रधानमन्त्री देउवाले पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको उल्लेख गरेका हुन्। छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो। नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिन्छ।

प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवद्र्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरेका हुन् । विगतमा विशेषगरी तराई/मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उनले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको बताएका छन्।

प्रधानमन्त्री देउवाले यी पर्व तथा संस्कृतिले हाम्रो समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न तथा समाजलाई गतिशील र जीवन्त तुल्याउन सहयोग पु¥याउँदै आएको बताए।

कोभिड–१९ र डेङ्गी जस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गर्दै यस वर्षको छठ पर्व हर्षोल्लासपूर्वक मनाउन उनले सबैमा आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाले छठ पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ६ : १३ बजे

फुटबल विश्वकपका लागि कसरी छनोट हुन्छन् ४८ टोली ?

सन् २०२६ मा तीन देशमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ।

बाढीपहिरो अपडेट : अहिलेसम्म २३९ जनाको मृत्यु, १८ बेपत्ता

काठमाडौं– असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी– दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ।

मनसुनको प्रभाव कायमै, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल