ब्रुयनाको गोलमा सिटीको जित | Khabarhub Khabarhub

ब्रुयनाको गोलमा सिटीको जित


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिडफिल्डर केभिन डी ब्रुयनाको निर्णायक गोलप्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई १–० अन्तरले पराजित गरेको छ।

किङ्ग पावर रंगशालामा शनिबार राति मुख्य स्ट्राइकर एर्लिङ हालान्ड बिना उत्रिएको सिटीले कठिन जितसँगै शीर्षस्थानमा आफूलाई उभ्याएको छ।

खेलको ४९औं मिनेटमा डि ब्रुयनाले फ्रिकिकमा उत्कृष्ट गोल गरे। लेस्टरका नाम्पेल्स मेन्डीले सिटीका ज्याक ग्रेलिसमाथि फाउल गरेपछि सिटीले फ्रि–किक पाएको थियो। करिब २५ यार्ड ब्रुयनाले हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो।

जितसँगै १२ खेलबाट २९ अंक जोडेको सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। १३ खेलबाट ११ अंक जोडेको लेस्टर सिटी १७औं स्थानमा झरेको छ। सिटीभन्दा १ खेल कम खेलेको आर्सनल २८ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ०९ बजे

‘जारी २’ले दोस्रो पटक गर्‍यो सेन्सर, किन ?

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले