थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही « Khabarhub

थोकबजार केन्द्र खुलेपछि कृषक उत्साही


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाल्पा – तानसेन नगरपालिका–१० तेल्घा सुनडाँडा गाउँमा तरकारी खेती गर्ने किसानका ५० घरपरिवार छन्। उनीहरूले दैनिक रु एक लाख बढीको तरकारी बिक्री गर्दै आएका छन्। तरकारी बिक्री गर्ने मुख्य थलो बुटवल र तानसेन बजार हो। सिद्धार्थ राजमार्गको जरेपिपलमा व्यापारीहरू भेटिन्छन्। पाल्पामा थोक बजार केन्द्र नहुँदा यो गाउँका सबैले व्यापारीकै मूल्यमा तरकारी बिक्री गर्दै आएका छन्।

तानसेन होलाङ्गदीमा थोक बजार सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन भएपछि भने यहाँका कृषक उत्साही भएका छन्। तेल्घाकी ४२ वर्षीया हेमा अस्लामी मगर गाउँमा काउली, बन्दा, सिमी, टमाटर खेती गरेर जीविका चलाउँदै आएका छन्। गाउँमा थोक बजार नहुँदा व्यापारीकै मूल्यमा बिक्री गर्नुपरेको उनको भनाइ छ। “सिद्धार्थ राजमार्गमा भेटिएका व्यापारीलाई तोकेकै मूल्यमा बेच्नुपर्छ”, उनी भन्छन्, “थोक बजार सञ्चालन भएपछि बजार मूल्य पाउने आश छ।”

दैनिक १० हजार मेट्रिक टन कृषि उपज बिक्री गर्ने लक्ष्यका साथ मिलनसार सामाजिक महिला उद्यमी सहकारी संस्थाले कृषि थोक बजार सङ्कलन केन्द्रको निर्माण गरेको छ। यहाँ तरकारी, बाख्रा, गेडागुडी बिक्रीस्थल बनाइएको छ। कृषि उपज उत्पादनको ग्रेडिङ, प्याकेजिङ, तयारी र प्रोसेसिङ गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ। दुईवटा भवन र सात सटर निर्माण गरिएको छ। “प्रत्येक दिन बजार लगाउने तयारीमा छौँ”, सहकारीका अध्यक्ष कमला भण्डारी भन्छन्, “गाउँ–गाउँबाट सहकारीको सवारीसाधनमार्फत कृषि उपज आयात गर्ने व्यवस्था मिलाएका छौँ।”

थोक बजार केन्द्र लुम्बिनी प्रदेश सरकारबाट रु ७० लाख, तानसेन कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट रु ३४ लाख, हेफर इन्टरनेशनलबाट रु १० लाख र सहकारीको रु १० लाख गरी रु एक करोड २४ लाखको लागतमा निर्माण भएको हो। थोक बजार सञ्चालनका लागि बजार विकास समिति र निर्देशिका बनाइएको छ। प्रत्येक दिन कारोबार गर्ने गरी सञ्चालन गर्न थालिएको थोक बजार साताको एक दिन बजार लाग्ने सहयोगी संस्था ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए।

तानसेन नगरपालिकामा दुई रोपनीभन्दा धेरैमा व्यावसायिक तरकारी खेती गर्नेहरू छ सय परिवार छन्। उनीहरूले वार्षिक रु ५० लाख बढीको तरकारी बिक्री गर्दै आएका छन्। यहाँ बाख्राको पकेट क्षेत्रसहित चारवटा स्रोत केन्द्र छन्। तानसेनबाट रु दुई करोड बढीको बाख्रा निर्यात हुँदै आएको छ। तानसेन बाख्राको मासुमा आत्मनिर्भर छ।

तानसेन नगरपालिकाका ग्रामीण वडाबाट वार्षिक रु ३५ करोड बढीको कृषि तथा पशुजन्य उत्पादन निर्यात हुने गरेको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीको भनाइ छ। “जिल्लामै थोकबजार सङ्कलन केन्द्र नहुँदा व्यापारीको मूल्यमा कृषि उपज बिक्री गर्नुपरेको थियो”, उनी भन्छन्, “थोकबजार केन्द्र सञ्चालनले कृषकले राम्रो मूल्य पाउनेछन्।”

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ९ : ५५ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००