जनताले उचित मूल्याङ्कन गर्नेछन् : प्रकाशमान सिंह | Khabarhub Khabarhub

जनताले उचित मूल्याङ्कन गर्नेछन् : प्रकाशमान सिंह


१३ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन्।

नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन्।

“चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्”, उनले भने।

नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न कांग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताए। उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि सुनाए।

पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमासमेत भएको स्पष्ट पारे। काठमाडौँ क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धैरे काम गरेको स्मरण उनले गरे।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : २८ बजे

दश महिनापछि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु 

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको

रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा (ख) को

कञ्चनपुरमा डुबानमा परेको परिवारको उद्धार

कञ्चनपुर– गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता

एजेन्सी – जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले

सकियो सर्वोच्चका प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा