कम्तीमा ३५ प्रतिशत महिलाको सुनिश्चितता गर्ने प्रतिबद्धता « Khabarhub

कम्तीमा ३५ प्रतिशत महिलाको सुनिश्चितता गर्ने प्रतिबद्धता


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले राज्यका प्रत्येक निकायमा कम्तीमा ३५ प्रतिशत महिलाको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि आज सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनमा महिलाका लागि प्रत्यक्षतर्फको तीन प्रतिशत निर्वाचन क्षेत्र नै आरक्षित गर्ने र समानुपातिकतर्फको ३३ प्रतिशत सिटको थप व्यवस्थाका लागि संविधान संशोधन गर्न पहल गरिने जनाएको छ । अहिले गठबन्धनबाट काठमाडौँका पाँचवटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार चुनावी मैदानमा छन् ।

घोषणापत्रमा महिला अधिकारको विषयलार्ई ध्यान दिँदै भेदभाव र हिंसामुक्त समाज निर्माण गर्ने, महिलाको पहिचानसहितको नागरिकतालगायत संविधानअनुसार समानताको अधिकार ऐन र महिलामैत्री नीति तथा नियम बनाई लागू गरिने उल्लेख छ ।

“महिला द्वन्द्वपीडित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लगायतलाई स्वरोजगारका लागि एक विशेष स्वरोजगार कोष खडा गरी उनीहरूलाई उद्यमशीलतासँग जोडिनेछ”, घोषणापत्रमा भनिएको छ, “स्नातक तहसम्म गरिब महिलालाई निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।”

त्यस्तै, स्तन, पाठेघरको क्यान्सरजस्ता दीर्घरोगलाई बीमामार्फत निःशुल्क उपचारको व्यवस्था गरिने तथा महिला हिंसामुक्त समाज निर्माणका लागि रूढीवादी, अन्धविश्वास र विकृति विसङ्गति अन्त्य गर्न सामाजिक–सांस्कृतिक अभियान सञ्चालन मानव बेचबिखन पूर्णरूपमा रोकिने व्यवस्था गर्ने उल्लेख छ ।

घोषणापत्रमा प्रत्येक पालिकामा महिला सहायता केन्द्र खडा गरिने र हिंसा प्रभावितलाई पुनस्र्थापना केन्द्र स्थापना गरिनाका साथै संविधानमा उल्लिखित महिला अधिकारको अक्षरशः कार्यान्वयन गर्दै कानून बनाउन बाँकी विषयमा यथाशीघ्र कानून निर्माण गरी तीन तहको सरकारको समन्वयमा लागू गरिने उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ, “द्वन्द्व प्रभावित महिलालाई न्याय र मनोसामाजिक सहयोगको व्यवस्था गरिनेछ, विपन्न, एकल हिंसापीडित महिलालाई कुनै न कुनै रोजगार या आर्थिक उपार्जन कार्यमा सहभागी हुने व्यवस्था मिलाउनेछ ।”

महिला उद्यमीलाई सहजरूपमा उपलब्ध हुने गरी सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिनेसमेत घोषणापत्रमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ३३ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,