समावेशितामा ध्यान दिने माओवादीको प्रतिबद्धता « Khabarhub

समावेशितामा ध्यान दिने माओवादीको प्रतिबद्धता


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले पहिचान र ऐतिहासिक आधारमा गरिएको विभेद र सबै किसिमले किनारामा परेका समुदायलाई जातीय जनसङ्ख्याका आधारमा राज्यको सबै अङ्गमा पहुँच र प्रतिनिधित्वको ग्यारेन्टी गर्ने प्रतिबद्धता गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै ‘समानता र समानुपातिक समावेशिता’ लाई ध्यान दिँदै उक्त प्रतिबद्धता व्यक्त गरेको हो ।

त्यस्तै, निजामती, प्रहरी, सेना तथा अन्य सरकारी तथा गैरसरकारी सेवाका लागि छुट्टाछुट्टै व्यवस्था भएकामा एकीकृत ऐन र अनुगमन गर्ने संयन्त्र समानुपातिक समावेशी कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख छ ।

महिलाको आन्तरिक समावेशीकरण, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अपाङ्गता भएको व्यक्ति, जनयुद्धका घाइते तथा पीडितलाई कोटा छुट्याई सरकारी, गैरसरकारी कम्पनी, बैंक, विश्वविद्यालय आदिको रोजगारी साथै सबै क्षेत्रमा राजनीतिक लाभको पदमा मनोनयनको व्यवस्था गरिने उल्लेख छ ।

घोषणापत्रमा दलितको आन्तरिक समावेशीकरणका लागि राज्यको संविधान, कानून र पार्टीका समुदायले प्राप्त गर्ने स्थान, सेवा, सुविधा, अवसर दलित समुदायभित्रका मधेसी दलित, दलित महिलालाई समानुपातिकरूपमा वितरण गर्ने व्यवस्था गरी कडाइका साथ लागू गरिने उल्लेख छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १० : ४७ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,