नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

नर्वेमा हेलिकोप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी नर्वेमा मङ्गलबार हेलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटना ट्रोन्डहाइम सहरको उत्तरपूर्वी भेर्डल नगरपालिकामा मंगलबार बिहान भएको थियो ।

दुर्घटनाको कारण बारे अनुसन्धान जारी छ। नर्वेका सञ्चार माध्यमहरूमाट प्रकाशित तस्बिरहरूले उक्त दुर्घटनाग्रस्त हेलिकोप्टर खेतमा खसेको देखिन्छ ।

अन्य दुई हेलिकोप्टर, एक उद्धार सेवा र एम्बुलेन्स हेलिकोप्टर, घटनास्थलमा पठाइएको जानकारी दिइएको छ । दुर्घटनाग्रस्त हेलिकोप्टर भाडामा लिइएको थियो । तर अन्य थप कुनै विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ५७ बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि