गृहजिल्ला जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति « Khabarhub

गृहजिल्ला जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।

यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेल्धुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ३८ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न