आमालाई मार्न १२ लाख दिने गरी छोरीले नै खटाइन् भाडाका अपराधी ! « Khabarhub

आमालाई मार्न १२ लाख दिने गरी छोरीले नै खटाइन् भाडाका अपराधी !


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो प्रेम सम्बन्धमा बाधक बनेको भन्दै एक छोरीले आफ्नै आमाको हत्या गराएकी छन् ।

भक्तपुरको चाँगुनारायण–७ बस्ने ईश्वरी भट्टराईले प्रेमीसमेतको सहयोगमा भाडाका अपराधी परिचालन गरेर ७० वर्षीया आमा सावित्रा भट्टराईको हत्या गरेकी हुन् ।

सावित्राको आइतबार दिउँसो चाँगुनारायण–७ स्थित घरमा हत्या भएको थियो । श्रीमान्ले दोस्रो विवाह गरेपछि सावित्रा आफ्ना कान्छी छोरी ईश्वरीसँग बस्दै आएकी थिइन् ।

विवाहित ईश्वरी सिराहा घर भइ भक्तपुर बस्दै आएका मोहम्मद नौशादसँग प्रेम सम्बन्धमा थिइन् । गार्मेन्ट उद्योगमा काम गर्ने क्रममा ईश्वरी र नौशाद प्रेममा परेका थिए ।

प्रहरीका अनुसार सावित्राले ईश्वरी र नौशादबीचको सम्बन्ध थाहा पाइसकेकी थिइन् । ईश्वरीको विवाहेत्तर सम्बधनका विषयमा साबित्रा र ईश्वरीबीच पटक पटक झगडा समेत हुने गरेको थियो ।

तर, ईश्वरीले भने प्रेमीको साथ नछाड्ने अडान लिँदै आएकी थिइन् । आमाले आफ्नो प्रेम सार्वजनिक गरिदिने डरका कारण ईश्वरीकै योजनामा सा आइतबार दिउँसो चक्कुले घाँटी रेटेर साबित्राको हत्या भएको थियो ।

१ वर्ष अगाडि वैदेशिक रोजगारीमा गएका आफ्ना प्रेमीलाई बोलाएर ईश्वरीले नै आमालाई मार्ने योजना बनाएको अपराध मशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

ईश्वरीकै योजनाअनुसार नौशादले भारतबाट २ जना ‘कन्ट्याक्ट किलर’ बोलाएका थिए । आफ्नी आमाको हत्या गर्न भाडामा अपराधी ल्याउन ईश्वरीले १२ लाख रुपैयाँ खर्च दिनि आश्वासन दिएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले हत्यामा संलग्न कन्ट्याक्ट किलरहरु भारतीय नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहम्मद रइससहित ईश्वरी भट्टराई र उनका प्रेमी मोहम्मद नौसादलाई पक्राउ गरिसकेको छ ।

उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ११ : ३३ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा