आमालाई मार्न १२ लाख दिने गरी छोरीले नै खटाइन् भाडाका अपराधी ! | Khabarhub Khabarhub

आमालाई मार्न १२ लाख दिने गरी छोरीले नै खटाइन् भाडाका अपराधी !


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो प्रेम सम्बन्धमा बाधक बनेको भन्दै एक छोरीले आफ्नै आमाको हत्या गराएकी छन् ।

भक्तपुरको चाँगुनारायण–७ बस्ने ईश्वरी भट्टराईले प्रेमीसमेतको सहयोगमा भाडाका अपराधी परिचालन गरेर ७० वर्षीया आमा सावित्रा भट्टराईको हत्या गरेकी हुन् ।

सावित्राको आइतबार दिउँसो चाँगुनारायण–७ स्थित घरमा हत्या भएको थियो । श्रीमान्ले दोस्रो विवाह गरेपछि सावित्रा आफ्ना कान्छी छोरी ईश्वरीसँग बस्दै आएकी थिइन् ।

विवाहित ईश्वरी सिराहा घर भइ भक्तपुर बस्दै आएका मोहम्मद नौशादसँग प्रेम सम्बन्धमा थिइन् । गार्मेन्ट उद्योगमा काम गर्ने क्रममा ईश्वरी र नौशाद प्रेममा परेका थिए ।

प्रहरीका अनुसार सावित्राले ईश्वरी र नौशादबीचको सम्बन्ध थाहा पाइसकेकी थिइन् । ईश्वरीको विवाहेत्तर सम्बधनका विषयमा साबित्रा र ईश्वरीबीच पटक पटक झगडा समेत हुने गरेको थियो ।

तर, ईश्वरीले भने प्रेमीको साथ नछाड्ने अडान लिँदै आएकी थिइन् । आमाले आफ्नो प्रेम सार्वजनिक गरिदिने डरका कारण ईश्वरीकै योजनामा सा आइतबार दिउँसो चक्कुले घाँटी रेटेर साबित्राको हत्या भएको थियो ।

१ वर्ष अगाडि वैदेशिक रोजगारीमा गएका आफ्ना प्रेमीलाई बोलाएर ईश्वरीले नै आमालाई मार्ने योजना बनाएको अपराध मशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

ईश्वरीकै योजनाअनुसार नौशादले भारतबाट २ जना ‘कन्ट्याक्ट किलर’ बोलाएका थिए । आफ्नी आमाको हत्या गर्न भाडामा अपराधी ल्याउन ईश्वरीले १२ लाख रुपैयाँ खर्च दिनि आश्वासन दिएको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले हत्यामा संलग्न कन्ट्याक्ट किलरहरु भारतीय नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहम्मद रइससहित ईश्वरी भट्टराई र उनका प्रेमी मोहम्मद नौसादलाई पक्राउ गरिसकेको छ ।

उनीहरुविरुद्ध कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न म्याद थपका लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ११ : ३३ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते