घरको छतमा ड्रागन फलको व्यावसायिक खेती « Khabarhub

घरको छतमा ड्रागन फलको व्यावसायिक खेती


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । ‘तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ’, उनले भने, ‘तीन/चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।’

यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उनको भनाइ छ । ‘अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउछ’, उनले भने, ‘यो सिजनमा मैले ६०/७० हजारको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छु ।’

सुरुमा भारतको गुजरातबाट ड्रागनको ३० वटा बिरुवा ल्याएर घरको छतमा लगाएको उनले बताए । छतमा उत्पादन भएको यसको फलको प्रत्येक बिरुवा पाँच सयका दर बिक्री गर्ने गरेको उनले बताए ।

‘ड्रागनको फल र बिरुवा दुवै बिक्री गर्ने गरेका छौँ, फलको प्रतिकेजी एक हजारको दरले बेच्छौँ’, धामीले भने, ‘अहिले बारीमा आठ सय ग्रामसम्मको फल लागेका छन् ।’ उनका अनुसार यसपटक कौसीको ड्रागन फलको बारीमा डेढ क्विन्टल फल उत्पादन भएको छ । भारतबाट भित्रिने फलभन्दा स्वदेशमै उत्पादन भएको फलको स्वाद राम्रो रहेको उनले बताए। 

‘चिसो मौसममा उत्पादन हुँदैन, यो खेतीबाट फल र बिरुवा दुवै बिक्री गरेर आम्दानी गर्न सकिन्छ’, उनले भने, ‘यो व्यवसायबाट सन्तुष्ट छु, जीविकोपार्जन गर्न सकिएको छ ।’ पछिल्लो समय ड्रागनको फल र बिरुवाको माग अत्यधिक भएकाले पुर्‍याउन मुस्किल पर्ने गरेको उनको भनाइ छ । अर्काको मुलुकमा श्रम बेच्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गरेर विदेशको जस्तै मनग्य आम्दानी गर्न सकिने धामीले बताए । ‘त्यसका लागि सरकारले पनि युवालाई स्वदेशमै कृषिमा जोड्ने कार्यक्रम ल्याउनु आवश्यक छ’, उनले भने।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : २६ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल