मोरङमा निर्वाचनका गतिविधि तीव्र | Khabarhub Khabarhub

मोरङमा निर्वाचनका गतिविधि तीव्र


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ– जिल्लामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिए ।

मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली संकलन गरी मुख्य निर्वाचन अधिकृतलाई हस्तान्तरण, निर्वाचन आयोग नेपालबाट प्राप्त निर्वाचन सामाग्री  प्याकिङ र भण्डारण गर्नुका साथै  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम जारी  रहेको प्रमुख अधिकारीले बताए । विभिन्न चरणमा राजनीतिक दलसँग अन्तरक्रिया, आचारसंहिताका विषयमा दलका प्रतिनिधि तथा उम्मेदवारसँग छलफल गर्नुका साथै निर्वाचन आचारसंहिता अनुगमनको क्रममा देखिएका त्रुटिहरूलाई सच्च्याउने काम भएको छ ।

कार्यालयले  निर्वाचनका लागि कर्मचारी खटनपटनका लागि निर्वाचन अधिकृतको कार्यालयमा विवरण पठाइ मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयमा  समानुपातिक मत आइपुगेको बताउँदै प्रमुख अधिकारीले  प्रत्यक्षतर्फको मतपत्र केही दिनभित्रमा आउने जानकारी दिए। कार्यालयले यही कात्तिक १७ गतेबाट पालिकामार्फत मतदाता शिक्षा कार्यक्रम शुभारम्भ गरिनुका साथै नमूना मतदान कार्यक्रम कात्तिक १६ गतेदेखि विराटनगरको बुधहाट चोकबाट सुरु गर्ने प्रमुख अधिकारीले बताए।

जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम कात्तिक २२ गतेदेखि सुरु गर्ने र कात्तिक ३० र मङ्सिर १ गतेसम्म मतदान केन्द्र पुग्ने तयारी भइरहेको उनले बताए । मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई जानकारी गराउने, अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा  समितिले रणनीतिको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने छ ।

मोरङमा मतदानस्थल तीन सय ६ र केन्द्र आठ सय ३९ निर्धारण गरिएको छ ।  मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा गरी दुई स्थानमा  अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफारिस गरी आयोगमा पठाएको प्रमुख अधिकारीले बताए । यसैबीच कार्यालयले मोरङका छ वटा निर्वाचन अधिकृतको कार्यालय बिर्को सहितको मतपेटिका, छेकवार र मतपत्र प्याकिङको थैलो आजदेखि पठाउने कार्य सुरु गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

कार्यालयले आयोगबाट अहिलेसम्म ५२ प्रकारका विभिन्न निर्वाचन सामग्री प्राप्त भएको तथा अन्य सामान आउनेक्रम जारी रहेको छ जनाएको छ । कार्यालयले जिल्लाका १७ पालिकामध्ये १५ स्थानमा  मतदाता  शिक्षा सामग्री पठाइसकेको छ । कार्यालयले पालिकाका सामाजिक शिक्षा हेर्ने निर्वाचन सम्पर्क अधिकारीलाई मतदाता शिक्षासम्बन्धी तालिम दिएको छ । जिल्लामा छ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि आगामी मङ्सीर ४ गते निर्वाचन हुँदैछ भने मोरङमा कूल मतदाता सात लाख ३५ हजार पाँच सय २५ छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  २ : ३७ बजे

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ

देवघाटधामसहित थुप्रै संरचना बाढीको जोखिममा

तनहुँ– बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९