निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका | Khabarhub Khabarhub

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विप्लव नेतृत्वको नेकपा चुनौती बन्न सक्ने बताउँदै यस विषयमा सुरक्षा निकायसँग गम्भीर छलफल गरेको जानकारी दिए ।

‘निर्वाचनको सम्बन्धमा आमसहमति बन्ला जस्तो लागेको थियो । तर त्यसो नभएपछि सुरक्षा निकायसँग गम्भीर छलफल गरेका छौं । सुरक्षा रणनीति परिमार्जन गरेका छौं,’ उनले भने, यातायातमा आवश्यक निर्णय गर्छौं । नियमित र अनुशासित रूपमा चलाउने अन्तर्राष्ट्रिय अभ्यास छ । गृह र यातायात मन्त्रालयको सुझाव चलाउन हुँदैन भन्ने छ। व्यवस्थित रूपमा केही साधन चल्नेगरी आयोगले लजिकल निर्णय गर्छ ।’

सुरक्षा निकायले पनि विप्लव समूह निर्वाचनमा चुनौती बन्न सक्ने विश्लेषण गरेको छ । दुई वर्षअघि शान्तिपूर्ण राजनीतिमा आएको नेकपा अहिले सडकमा पुगेको छ । उसले घोषित रूपमै निर्वाचनमा अवरोध गर्ने बताइसकेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ३ : ३५ बजे

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा  मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै 

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार

गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु  

गाजा– दक्षिणी गाजाको राहत वितरण केन्द्रमा इजरायलले गरेको बन्दुक आक्रमणमा

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८२ साल जेठ २५ गते आइतबार । जेठ