एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त « Khabarhub

एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा व्यस्त


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बारा- बारा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार अच्युत मैनाली र (ख) का जसपा उम्मेदवार सरोज यादवले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना सिम्रौनगढ नगरपालिकामा मतदातासमक्ष पुगेका थिए ।

उम्मेदवार मैनाली र यादवले सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ६ र ७ को जानकीनगर झमानी, कवलपुर, पर्सा, सतुवाही, अम्मरपुर, सल्यमपुर र सिम्रौनगढ बजारमा मतदाता भेटघाट गरेका थिए । उम्मेदवार मैनालीले आफू निर्वाचित बनेपछि क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गरे । उनले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको आरोप लगाए । ‘सिम्रौनगढ क्षेत्रलाई १७ वर्षसम्म विकासमा पछि पारियो,’ मैनालीले भने, ‘अब हामी निर्वाचित बनेपछि उनीहरू नै लज्जित हुने गरी काम गर्नेछौं ।’

निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको छ । प्रदेश (क) भन्दा तुलनात्मक रूपमा केही कमजोर मानिएको एमाले जसपासँगको चुनावी तालमेलपछि बलियो देखिएको छ । यो क्षेत्रमा सिम्रौनगढ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका पर्छन् । दुबै पालिका जसपाका उम्मेदवार यादवको प्रभाव क्षेत्र मानिन्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उमाकान्त चौधरीसँग करिब पाँच हजार मतले पराजित एमाले उम्मेदवार मैनालीले जसपासँगको तालमेलपछि आफूले चुनाव जित्ने दाबी गरे । तीनपटकसम्म चुनाव जितेर संघीय सरकारको पटकपटक मन्त्रीसमेत बनेका चौधरीले क्षेत्रको विकासमा खासै काम गर्न नसकेको मतदाताले गुनासो गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ०९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै