न्यालु लेकमा जमेको हिउँ पन्छाउन सुरु | Khabarhub Khabarhub

न्यालु लेकमा जमेको हिउँ पन्छाउन सुरु


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको पाँच हजार मिटरमा रहेको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायातका साधन सञ्चालन गर्ने प्रयास सुरू भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो स्थानको हिउँ फाल्न थालिएको हो ।  

बस चालक सिंगम भण्डारीले करिब एक महिनादेखि अवरुद्ध सडक खण्ड अब चाडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । यसका लागि सडकमा जमेको हिउँ फाल्न सुरु भएको तर हिउँ बाक्लो जमेका कारण पन्छाउन कठिन भइरहेको बताए । 

कति दिनमा हिउँ फालेर सकिन्छ यकिन भने नभएको उनले बताए । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । १० दिनअघि पनि हिउँ पन्छाउने कोसिस भए पनि सकिएको थिएन । अहिले पुनः हिउँ फाल्न थालिएको छ ।

 एक साताअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेको थियो । त्यसयता अन्य लिमी जान सकेका छैनन् । न्यालु र नारा लेकमा हिउँ जमेकै कारण ४ मंसिरको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेता समेत लिमी पुग्न सकेका छैन।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ५२ बजे

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको

कपिलवस्तु र मोरङमा आगलागी

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै