न्यालु लेकमा जमेको हिउँ पन्छाउन सुरु « Khabarhub

न्यालु लेकमा जमेको हिउँ पन्छाउन सुरु


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको पाँच हजार मिटरमा रहेको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायातका साधन सञ्चालन गर्ने प्रयास सुरू भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो स्थानको हिउँ फाल्न थालिएको हो ।  

बस चालक सिंगम भण्डारीले करिब एक महिनादेखि अवरुद्ध सडक खण्ड अब चाडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । यसका लागि सडकमा जमेको हिउँ फाल्न सुरु भएको तर हिउँ बाक्लो जमेका कारण पन्छाउन कठिन भइरहेको बताए । 

कति दिनमा हिउँ फालेर सकिन्छ यकिन भने नभएको उनले बताए । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । १० दिनअघि पनि हिउँ पन्छाउने कोसिस भए पनि सकिएको थिएन । अहिले पुनः हिउँ फाल्न थालिएको छ ।

 एक साताअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेको थियो । त्यसयता अन्य लिमी जान सकेका छैनन् । न्यालु र नारा लेकमा हिउँ जमेकै कारण ४ मंसिरको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेता समेत लिमी पुग्न सकेका छैन।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ५ : ५२ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र