निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री : कांग्रेस प्रवक्ता डा. महत « Khabarhub

निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री : कांग्रेस प्रवक्ता डा. महत


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताए ।

कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदवार भएकोले अन्य पार्टीभन्दा निश्चित रुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बहुमतको सरकार हुँदा लोकतान्त्रिक पद्धतिमा पनि जनताका अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रताजस्ता अधिकारलाई वञ्चित गरेको भन्दै देश, जनता र अधिकारको पूर्णअधिकार सम्पन्न गर्नका लागि आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरे ।

बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता डा. महतले तत्कालीन समयमा बहुमतको नेकपा सरकार हुँदा नागरिकले धेरै दुःख पाएको भन्दै गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने जिकिर गरे ।

पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले पनि जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदाहरु जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उनको दाबी छ । उनले भने, ‘पाँच वर्षअघि समेटिएका पानी जहाज, पाइपलाइन ग्याँस र रेलजस्ता कुराहरू कार्यान्वयनभन्दा पनि फगत मात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।’

ओलीको नेतृत्वमा बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रण लगायत काम गरेको उनले बताए ।

नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ । एमालेले जारी गरेको घोषणा पत्रमा पनि रेल सञ्चालन गर्ने र कांग्रेसले ल्याउने रेल एउटै हो की फरक हो भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा प्रवक्ता डा. महतले भने, ‘हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन । हामी ऋण काढेर रेलमा लगानी गर्ने पक्षमा छैनौं ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै