बारामा आगलागीका कारण तीन बिघा उखुखेती नष्ट | Khabarhub Khabarhub

बारामा आगलागीका कारण तीन बिघा उखुखेती नष्ट


१६ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाराको निजगढ नगरपालिका ८ मा रहेको तीन विघा उखुबालीमा भिषण आगलागी भएको छ ।

आज दिउँसो ४ बजेदेखि सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो । स्थानीय हिरा सारु मगरको १ विघा र राम खत्रीको २ विघा उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब १५ लाखको उखु नष्ट भएको किसान हिरा सारु मगरले जानकारी दिए ।

आज दिउँसो एक्कासी लागेको आगलागीबाट तीन विघा जमिनमा लगाएकोे उखु पूर्ण रुपमा जलेर नष्ट भएको छ । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौं,’ किसान मगरले भने, ‘तयारी उखु जलेर पूर्ण रुपमा नष्ट भयो । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।’

स्थानीयका अनुसार आगलागी भएको उखुखेतीमा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले तत्त्काल निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको दमकल पठाएर आगो नियन्त्ररणमा आएको बताए ।

आफूलाई खबर प्राप्त हुने बितिकै निजगढ नगरपालिकाको दमकल पठाएको तर एउटा दमकलले मात्र आगो नियन्त्रण नहुने भएपछि कोहल्वी नगरपालिकाको दमकल पठाएकै कारण बढी क्षती हुनबाट जोगिएको उनले बताए ।

‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ नगरप्रमुख पुरीले भने, ‘आगो लागेको उखुबारी भित्रनै गएर दमकलले आगो नियन्त्रण लिन सफल भयो जसको कारण थप बढी क्षति हुन पाएन ।’

आगो स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको स्थानीयले बताए ।

आज एकासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा कसैले गाईवस्तुका निम्ति घास पलाउनका लागी आगो लगाएको हुन सक्ने किसानको अनुमान छ ।

‘आगो कसले लगायो यस विषयमा प्रहरी प्रशासनले खोजी गरी आवश्यक कारवाही गर्नुपर्दछ,’ किसानले भने ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ८ : ५९ बजे

सुनसरीको देवानगञ्जबाट गाँजा बरामद

सुनसरी – सुनसरीको देवानगञ्जबाट प्रहरीले ६० केजी गाँजा बरामद गरेको

कपिलवस्तु र मोरङमा आगलागी

काठमाडौं- कपिलवस्तु र मोरङका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा धनमाल जलेर

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका

बन्दीपुरको विकासमा सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बन्दीपुरको विकासमा

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै