प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा | Khabarhub Khabarhub

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त  कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार दुई सय ५९ महिला रहेको उनले जानकारी गराए । त्यस्तै जिल्लामा  आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ । 

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं-५ मा रहेको र सबभन्दा कम क्षेत्र नं-१मा रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताए । उनका अनुसार क्षेत्र नं १ मा मतदाताको सङ्ख्या एक लाख २० हजार तीन सय ७५ रहेको र क्षेत्र नं ५ मा  एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेका छन् 

जिल्लामा सात सय ६६ मतदान केन्द्र र दुई सय ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताए। जिल्लामा दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि जिल्लामा अर्को रहेको छ । 

जिल्लाभर छ हजार दुई सय ४२ जनाको अस्थायी मतदाता नामावली तयारी गरिएको र उनीहरुलेसमेत मतदानमा सहभागिता जनाउने भएका छन् । कार्यक्रम मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १२ : ५० बजे

राष्ट्रका नाममा मोदीको सम्बोधन : भारतले पाकिस्तानलाई कडा जवाफ दिएको छ

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाम सम्बोधन

पूर्वी नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग ठप्प

काठमाडौं – नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गत चोरमाराको पुल भाँचिएको छ ।

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल