नवलपुर क्षेत्र नं २ : रोचक बन्दै  निर्वाचन « Khabarhub

नवलपुर क्षेत्र नं २ : रोचक बन्दै  निर्वाचन


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ । 

जिल्लाको क्षेत्र नं २ को संघीय निर्वाचन चुनावमा २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत उम्मेदवार रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट उम्मेदवार भएका तिलक महत विजयी भएका छन् । 

यसपालिको निर्वाचनमा गठबन्धनको समीकरण फेरिएको छ । गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा विष्णुकुमार कार्की चुनावी दौडमा छन् भने लगातार दोस्रो जित निकाल्ने कसरतमा तिलक महत छन् । एमाले एक्लोरुपमा जिल्लामा चुनावी दौडमा रहेकाले पनि पाँचदलीय गठबन्धनको साथले सहज जित निकाल्ने कांग्रेसको आँकलन छ । अन्य जिल्लामा राप्रपासँग तालमेल गरेको एमाले नवलपरासी पूर्वमा एक्लै निर्वाचनमा उत्रिएको छ । गत स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा जिल्लाको क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ । 

नवलपरासीपूर्वको निर्वाचन क्षेत्र नं २ मा कूल ४० वटा वडा छन् । स्थानीय तहको निर्वाचनमा ४० मध्ये एमालेले २२ वटा वडा जितेको थियो । कांग्रेस १६ वटा वडामा विजयी हुँदा राप्रपा र माओवादीले एक/एक वडा जितेका छन् । यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने पाँच स्थानीय तहमध्ये एमालेले चार वटा पालिका जितेको छ भने कांग्रेसले एउटा मात्र पालिका जितेको छ ।

 गत स्थानीय निर्वाचनमा ४० वटा वडामा नेकपा एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत प्राप्त गरेका थिए । कांग्रेसका वडाध्यक्षले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ । माओवादीका वडाध्यक्षले एक हजार सात सय ४२ मत पाएका थिए भने एकीकृत समाजवादीका वडाध्यक्षले एक सय ६२ मत पाएका थिए । अहिले पाँचदलीय गठबन्धमा रहेका दलका वडाध्यक्षले पाएको कूल मत ४० हजार चार सय ९१ रहेको छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ । 

स्थानीय तहको निर्वाचनमा प्रमुखले प्राप्त गरेको मतका आधारमा एमालेका पाँच पालिका प्रमुखले कूल ४१ हजार सात सय १९ मत प्राप्त गरेका छन् भने कांग्रेस र एकीकृत समाजवादीले ४१ हजार पाँच सय ४४ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रबाट एक लाख २९ हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन् । यहाँ पुरुष मतदाता ६१ हजार सात सय ४०, महिला मतदाता ६७ हजार पाँच सय ३७ र अन्य मतदाता तीन जना छन् । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ३७ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर