राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : राजनीतिक दलमा नलागेको व्यक्ति राष्ट्रपति  | Khabarhub Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : राजनीतिक दलमा नलागेको व्यक्ति राष्ट्रपति 


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको घोषणापत्रलाई सो पार्टीले वाचापत्र भनेको छ । 

उक्त वाचापत्रमा राष्ट्रपति बन्न कुनै पनि राजनीतिमा नलागेको व्यक्ति हुनुपर्ने उल्लेख छ । कुनै पनि राजनीतिक दलमा नलागेको र राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको व्यक्तिलाई राष्ट्रपति बनाउने प्रस्ताव गरिएको छ । 

राष्ट्रपति बन्न वंशज नेपाली नागरिक हुनुपर्ने उल्लेख गरिएको वाचापत्रमा लेखिएको छ, ‘कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाल नागरिक हुनुपर्ने ।’ 

वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत निर्वाचन मण्डलबाट राष्ट्रपति निर्वाचित हुने वाचापत्रमा लेखिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ४३ बजे

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी  

काठमाडौं– आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै

काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले

हिजबुल्लाहको आक्रमणमा चार इजरायली सेनाको मृत्यु

जेरुसेलम – उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना

पश्चिमी र स्थानीय वायुको प्रभाव, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी,

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार सन्