भक्तपुरमा मतदाता शिक्षा सुरु | Khabarhub Khabarhub

भक्तपुरमा मतदाता शिक्षा सुरु


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए। 

उनले आजैदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा दुई/दुई स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा प्रदान गर्न अभियान सुरु गरेको बताए । कार्यालयले प्रत्येक वडामा दुई जनाका दरले महिला स्वयंसेविका परिचालन गरी मत बदर नहुने गरी मतदान गर्ने भन्नेबारेमा आम सर्वसाधारणलाई शिक्षा दिने र मतदान गर्न सिकाइने जनाइएको छ । 

मतदाता शिक्षाका लागि कार्यालयले ४८ स्वयंसेविकालाई तालिम दिएर वडा-वडामा परिचालन गरेको छ । मत चिन्हको वरिपरिको घेरामा नछोइकन मतदान गर्नेबारेमा शिक्षा दिने बताउँदै उनले अभियानमा खटिएका कुनै पनि स्वयंसेविकाले अभियानको फाइदा उठाएर कुनै दलको चुनाव चिन्हमा मतदान गर्न सिकाएको पाइएमा निर्वाचन आयोगले निर्देश गरेअनुसार कारवाही हुने जानकारी दिए । मतदाता शिक्षाले बदर मत घटाउन सहयोग पुग्ने विश्वास रहेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ३ : २१ बजे

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत