पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

वजीराबाद– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ ।

हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो ।गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए। एआरवाई न्यूजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । 

पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उनीसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् । गोली लागेर घाइते भएकाहरुलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा संलग्न आरोपित एक जनाको मृत्यु भएको छ भने एक जनालाई हिरासतमा लिइएको जनाएको छ । घाइते पूर्वप्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ६ : ३८ बजे

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला