डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते « Khabarhub

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिकाअन्तर्गत मौवादहबाट सायल गाउँपालिकातर्फ आउँदै गरेको से १ च ९१७ नम्बरको जीप गजेडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये जीपका चालक कटक सिलालको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते हुनेहरुमा सायल गाउपालिकाको वडा नम्बर १ कौराडीका २७ वर्षी राजु दमाइ, ५ वर्षीया बाटुली नेपाली, ३५ वर्षीया टीका नेपाली, आदर्श गाउँपालिका–७ सातलका १२ वर्षीय महेश नेपाली र २६ वर्षीय रमेश नेपाली छन् ।

प्रहरीले घुम्तीमा मोड्न नसक्दिा जीप दुर्घटना भएको जनाएको छ । जीप सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ५९ बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री