फुटबलबाट संन्यास लिने पिकेको घोषणा | Khabarhub Khabarhub

फुटबलबाट संन्यास लिने पिकेको घोषणा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन्। ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन्।

पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने बताएका थिए। बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ। ‘मैले सधै भनेको छु। बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन्।

पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए। पछि म्यानचेस्टर पुगेका थिए। सन् २००७-०८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए।

यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन्। जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ। पिकेले स्पेनबाट १०२ खेल खेलेका छन्। सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ०० बजे

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं– सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा दान बहादुर कार्की नियुक्त गर्ने

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौं- नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठत् एआईजी दानबहादुर कार्की नियुक्त भएका

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७