फुटबलबाट संन्यास लिने पिकेको घोषणा « Khabarhub

फुटबलबाट संन्यास लिने पिकेको घोषणा


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन्। ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन्।

पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने बताएका थिए। बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ। ‘मैले सधै भनेको छु। बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन्।

पिकेले सन् २००४ बाट बार्सिलोनामा खेल्न सुरुआत गरेका थिए। पछि म्यानचेस्टर पुगेका थिए। सन् २००७-०८ को प्रिमियर लिग र च्याम्पियन्स लिग उपाधि जितेपछि पिके सन् २००८ मा क्याटलान क्लब बार्सिलोना फर्किएका थिए।

यस क्रममा उनले ६ सय खेल खेल्दै ३० ट्रफि जितिसकेका छन्। जसमा ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे समेत समावेश छ। पिकेले स्पेनबाट १०२ खेल खेलेका छन्। सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपिन च्याम्पियन हुँदा पिके स्पेनको महत्वपूर्ण सदस्य थिए।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ८ : ०० बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा