तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात « Khabarhub

तीन महिनामा १ अर्ब ३३ करोडको चिया-कफी निर्यात


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ।

भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो।

उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपैयाँको ५७ लाख ८५ हजार ९०७ केजी चिया र कफी नेपालले निर्यात गरेको विभागले जनाएको छ।

बितेको तीन महिनामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँको कफी र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपैयाँको चिया नेपालले निर्यात गरेको छ। नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफी अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, ताइवान र अमेरिका निर्यात भएको छ।

उक्त अवधिमा अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, चीन, भारत, चेक रिपब्लिक, इस्टोनिया, फिनल्याड, फ्रान्स, जर्मनी, हंगेरी, जापान, दक्षिण कोरिया, लिथुवानिया, नेदरल्याण्ड्स, न्युजल्याण्ड, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, रोमानिया, रुस र नामिबिया गरी विश्वका २२ देशमा नेपालको चिया निर्यात भएको विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ अर्ब ४ करोड ५० लाख ७० हजार रुपैयाँको चिया तथा कफी निर्यात गरेको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १२ : १० बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई