इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत « Khabarhub

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जोहानेस्बर्ग – इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ। दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको बताइएको हो।

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पनि बिहीबार स्वागत गरेका छन्। उनले यहाँ भएको युद्धविरामको समयलाई लम्ब्याउन र यसैमार्फत् इथियोपियामा शान्ति स्थापनाका लागि सबैको सहयोगका लागि आग्रह गरेका छन्।

दक्षिण अफ्रिकाको प्रिटोरियामा इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा हिंसा जारी राखेको टिगरे पिपुल्स लिबरेसन्स फ्रन्ट समूहका बीच शान्ति वार्ता भएको थियो र यसैक्रममा दुवै पक्ष बुधबार हालका लागि युद्धविराम गरी वार्ता प्रक्रिया अघि बढाउन सहमत भएका थिए।

दक्षिण अफ्रिकी सरकारको समन्वयमा सो वार्ता सुरु भएको र त्यसपछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका थिए। सो युद्धविरामको राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ।

दक्षिण अफ्रिकाको सरकारले प्रकाशन गरेको विज्ञप्तिमा टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण यहाँको जनजीवन प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।

बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरेका विद्रोहीका तर्फबाट जारी गरिएको युद्धविरामको अवधिलाई थप लम्ब्याएर यसैबाट शान्ति स्थापनाको बाटो पहिल्याउन पनि सो विज्ञप्तिमा आग्रह गरिएको छ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  १ : १२ बजे

डेङ्गु घट्दो क्रममा, तर जोखिम अझै कायम

काठमाडौं– नेपालमा पछिल्ला केही वर्षयता डेङ्गु सङ्क्रमणको दर क्रमशः घट्दै

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई