सोरुङमा चुनाव बहिष्कारको चेतावनी « Khabarhub

 सोरुङमा चुनाव बहिष्कारको चेतावनी


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदययपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो । गोली प्रहारबाट युवकको ज्यान गएपछि भएको सहमतिअनुरूप काम नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गर्ने चेतावनी दिएका हुन्। 

स्थानीय सोरुङछबिसे माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीय युवाको ज्यान गएको थियो भने अर्का स्थानीय घाइते भए । स्थानीयवासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र निर्वाचन पुनः गराउने माग गर्दै तीन दिनसम्म बाकस निकाल्न दिएनन् ।

खसेको मतपत्र सिल गरिरहेकै बेला भएको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल केही घण्टा तनावग्रस्त भयो । सुरक्षाकर्मीहरूले मतपत्र खसेको बाकस सुरक्षित गरे र हवाई फायर गर्दै तनाव व्यवस्थापन गरे तर मृतक र घाइते परिवार तथा आफन्तलगायत स्थानीयबासीले आन्दोलन जारी राख्दै विभिन्न माग अघि सारे ।

निर्वाचनमा खटेका प्रहरीको गोली लागेर १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो भने अर्का स्थानीय १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका थिए । स्थानीय तह चुनाव सकिएको ६ महिना बित्न लाग्दासमेत आगामी ४ मंसिरमा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा सो घट्नाको स्मरण ताजा भएर आउन लागेको मात्र छैन, चुनाव कसरी सम्पन्न गर्ने भन्ने विषयले नै अधिकारीहरूको टाउको दुखाइ रहेको छ ।  

मृतक र घाइते परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाउनुका साथै राज्यले गम्भीर भएर नसोचेको आरोप लगाउँदै निर्वाचन बहिष्कारको चेतावनी दिएका छन् । केही दिनअघि वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्का, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँका अगुवा नागरिक समाजलगायतको साझा बैठकले ३० वैशाखको घट्नाबारे राज्य गम्भीर नभएको तथा पीडित परिवार र स्थानीयको मागउपर चासो नदिएको निष्कर्ष निकाल्दै माग पूरा नभएसम्म निर्वाचन हुन नदिने अडान लिएको छ । मृतक र पीडित परिवारलाई मागबमोजिम क्षतिपूर्ति र जिम्मेवारी नलिएसम्म मतदान बहिष्कार गर्ने भन्दै त्यसका लागि आवश्यक तयारीमा स्थानीयवासी लाग्ने पनि बैठकको निर्णय भएको छ ।

नेपाली कांग्रेस सोरुङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पूरा नगरेसम्म निर्चवाचन हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल एमालेदेखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र बिप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत रहेको बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : १५ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको