सोरुङमा चुनाव बहिष्कारको चेतावनी | Khabarhub Khabarhub

 सोरुङमा चुनाव बहिष्कारको चेतावनी


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदययपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेका मतदाताले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सोरुङछबिसे मतदान केन्द्रमा प्रहरीको गोली लागी एक युवकको ज्यान गएको थियो । गोली प्रहारबाट युवकको ज्यान गएपछि भएको सहमतिअनुरूप काम नभएको भन्दै स्थानीयले मतदान बहिष्कार गर्ने चेतावनी दिएका हुन्। 

स्थानीय सोरुङछबिसे माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीय युवाको ज्यान गएको थियो भने अर्का स्थानीय घाइते भए । स्थानीयवासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र निर्वाचन पुनः गराउने माग गर्दै तीन दिनसम्म बाकस निकाल्न दिएनन् ।

खसेको मतपत्र सिल गरिरहेकै बेला भएको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल केही घण्टा तनावग्रस्त भयो । सुरक्षाकर्मीहरूले मतपत्र खसेको बाकस सुरक्षित गरे र हवाई फायर गर्दै तनाव व्यवस्थापन गरे तर मृतक र घाइते परिवार तथा आफन्तलगायत स्थानीयबासीले आन्दोलन जारी राख्दै विभिन्न माग अघि सारे ।

निर्वाचनमा खटेका प्रहरीको गोली लागेर १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो भने अर्का स्थानीय १४ वर्षीय बालक मोहन श्रेष्ठ घाइते भएका थिए । स्थानीय तह चुनाव सकिएको ६ महिना बित्न लाग्दासमेत आगामी ४ मंसिरमा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा सो घट्नाको स्मरण ताजा भएर आउन लागेको मात्र छैन, चुनाव कसरी सम्पन्न गर्ने भन्ने विषयले नै अधिकारीहरूको टाउको दुखाइ रहेको छ ।  

मृतक र घाइते परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाउनुका साथै राज्यले गम्भीर भएर नसोचेको आरोप लगाउँदै निर्वाचन बहिष्कारको चेतावनी दिएका छन् । केही दिनअघि वडा नम्बर १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्का, वडा सदस्यहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँका अगुवा नागरिक समाजलगायतको साझा बैठकले ३० वैशाखको घट्नाबारे राज्य गम्भीर नभएको तथा पीडित परिवार र स्थानीयको मागउपर चासो नदिएको निष्कर्ष निकाल्दै माग पूरा नभएसम्म निर्वाचन हुन नदिने अडान लिएको छ । मृतक र पीडित परिवारलाई मागबमोजिम क्षतिपूर्ति र जिम्मेवारी नलिएसम्म मतदान बहिष्कार गर्ने भन्दै त्यसका लागि आवश्यक तयारीमा स्थानीयवासी लाग्ने पनि बैठकको निर्णय भएको छ ।

नेपाली कांग्रेस सोरुङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पूरा नगरेसम्म निर्चवाचन हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल एमालेदेखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र बिप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत रहेको बताए । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  २ : १५ बजे

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार