हथौडा आक्रमणमा घाइते भएका सभामुख पेलोसीका श्रीमान् स्वास्थ्यलाभ गरी घर फिर्ता « Khabarhub

हथौडा आक्रमणमा घाइते भएका सभामुख पेलोसीका श्रीमान् स्वास्थ्यलाभ गरी घर फिर्ता


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमान् स्वास्थ्यलाभ गरी घर फर्केका छन् । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा गत शुक्रबार बिहान पसेको एक जना आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीको टाउकोमा हथौडा प्रहार गरेर गम्भीर घाइते बनाएको थियो ।

टाउको र हातमा गम्भीर चोट लागेका उनलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले उनको सफलतापूर्वक शल्यक्रिया गरेका थिए । उनीहरूले घर फर्काइएका पललाई ‘पूर्णरूपमा आराम हुने’ जानकारी दिएका सभामुख पेलोसीका प्रवक्ताले बताएका छन् । पलले चिकित्सकलगायत उनको उपचारमा संलग्न सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

आक्रमणकारी डेभिड पेलाई हिरासतमा लिएर अनुसन्धान गरिएको छ । बयालीस वर्षीय अभियुक्त माथि अपहरणको मुद्दा चलाइने सरकारी अधिकारीहरूले बताएका छन् । उनीमाथिको अपराध पुष्टि भएमा २० वर्षको कारावासको सजाय हुनेछ । अभियुक्तले त्यसअघि अर्का एकजना सरकारी अधिकारीमाथि पनि आक्रमण गरेकाले त्यो पनि प्रमाणित भएमा निजले ३० वर्ष जेलमा बिताउनुपर्नेछ ।

यसैबीच, सभामुख पेलोसीले आफ्नो परिवारप्रति स्नेह र सद्भाव प्रस्तुत गरेका अमेरिकी नेतृत्व गण, नागरिकका साथै विश्वका अन्य देशका राजनीतिक व्यक्तित्व एवम् सर्वसाधारणमा कृतज्ञता ज्ञापन गरेकी छिन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ३ : २९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन