ललितपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न « Khabarhub

ललितपुरमा नमूना मतदान कार्यक्रम सम्पन्न


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पाटन– जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख  गोमा धमला घिमिरेले जानकारी दिए । 

प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताए । ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराए ।

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं. ११ मा हुने छ । जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै  सञ्चालन हुने धमलाले बताए । नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ । 

नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ । 

निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदाय स्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । 

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : ३४ बजे

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको २-० को अग्रता

काठमाडौँ – फिफा विश्वकपको अन्तिम ३२ को खेलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढी पसेर पानी अत्यधिक

२९ सुकुम्वासीले पाए लालपुर्जा, एक लाख १८ हजार डिजिटल अभिलेखमा थपिए

काठमाडौँ- सरकार गठनको भोलिपल्टै १४ चैतमा सार्वजनिक १०० बुँदे कार्यसूचीको

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै

काठमाडौँ – नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको