तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको निवेदन « Khabarhub

तोसिमाको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा निर्वाचन आयोगको निवेदन


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो ।

आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेश खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन कुनै सुनुवाइ नगरी आफूविरुद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्की सर्वोच्च पुगेकी थिइन् ।

कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा प्रतिनिधिसभाकी उम्मेदवार हुन् । नेपाल मेडिकल काउन्सिल सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पद भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । 

मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम रहने अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : १५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६