युक्रेनमा द्वन्द्व चर्किने सङ्केत « Khabarhub

युक्रेनमा द्वन्द्व चर्किने सङ्केत


१८ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताएका छन् ।

रुसले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै भने, “खेर्सनमा बस्नेहरूलाई लडाइँको खतरायुक्त क्षेत्रबाट हटाउनुपर्छ ।’’ रूसले आणविक हतियारको प्रयोग गर्नसक्ने भन्ने हल्ला चलिरहेका समय रूसको यो भनाइ आएको हो ।

यसैबीच, जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्धमा कुनै पनि आणविक हतियारको प्रयोगको जर्मनी र चीनले विरोध गरेको बताएका छन् ।

“हामी सबैलाई थाहा छ युक्रेनमा युद्धको बिस्तारले हामी सबैका लागि नकारात्मक परिणाम दिनेछ,” स्कोल्जले पत्रकारहरूसँग भने ।

रणनीतिक आणविक अस्त्रको प्रयोगबाट तनाव बढ्ने सम्भावनालाई विश्व समुदायले स्पष्ट रूपमा रूसलाई बताउनुपर्ने र युद्ध अन्त्यका लागि भूमिका निर्वाह गर्नुपर्ने अति आवश्यक भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ९ : ०२ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना