विश्व इतिहासमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चाङ १ चन्द्रमामा « Khabarhub

विश्व इतिहासमा आजः क्यानडाका प्रधामन्त्रीको हत्या प्रयासदेखि चाङ १ चन्द्रमामा


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज ५ नोभेम्वर । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

चाङ १ चन्द्रमाको कक्षमा प्रवेश

चीनले चन्द्रमाको अध्ययन गर्न पठाएको यान चाङ १ सन् २००७ मा पहिलो पटक चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । सो यानले २६ नोभेम्बरमा पहिलो पटक पृथ्वीमा तस्बिर पठाएको थियो।

अमेरिकी सिरियल किलरको स्वीकारोक्ती

सन् २००३ मा अमेरिकाका कुख्यात सिरियल किलर ग्रे रिडग्वेले सन् १९८० र १९९० को दशकमा भएका शृंखलाबद्ध आक्रमणमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । उनले कम्तिमा ४९ महिलाको हत्या गरेका थिए ।

क्यानडाका प्रधामन्त्रीको हत्या प्रयास

सन् १९९५ मा क्यानडाका तत्कालिन प्रधानमन्त्री जिन क्रिटिनको हत्या प्रयास भएको थियो । एन्ड्रि डालियरले प्रधानमन्त्रीले असफल हत्या प्रयास गरेका थिए ।

भ्याटिकन सिटीमा विष्फोट

सन् १९४३ मा विश्वयुद्धको समयमा भ्याटिकन सिटीमा इटालीको लडाकु विमानबाट बम खसालिएको थियो ।

मेजरले गोली चलाउँदा १३ को मृत्यु

सन् २००९ को ५ नोभेम्बरमा टेक्सासको फोर्ट हुडस्थित सेनाको एउटा केन्द्रमा सेनाका मेजरले गोली चल्दा १३ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : २५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम